National life

सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ : सांसद सुवाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
587Shares
सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ : सांसद सुवाल
ncell

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका हुन् ।

उनले नेपालीहरूको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भन्दै नेपालीको सम्पत्तिको सीमाङ्कन गर्न आवश्यक रहेको बताए । साथै उनले सरकारी बिदा धेरै भएको जनगुनासो भएकाे भन्दै यसलाई एक चौथाइ बिदा कटौती गर्नुपर्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी छ । किनभने अहिले पनि नेपालीहरूको विदेशमा सम्पत्ति भएको बाहिर आएको छ । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्छ । सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाइ बिदा कटौती गर्नुपर्छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?