National life

ढोरपाटन नगरपालिकाका मेयर विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता,एक अर्ब ५८ करोडको बिगो दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२६ असोज २०८२, आइतबार
1.3kShares
ढोरपाटन नगरपालिकाका मेयर विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता,एक अर्ब ५८ करोडको बिगो दाबी
ncell

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध बागलुङ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकील कार्यालय बागलुङले नेपालीविरुद्ध एक अर्ब ५८ करोडको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय र सहकारी संस्थाको पदाधिकारी भएकाले संस्थामा रहेको सेयर रकम ४० लाख, नगद रकम १ लाख २० हजार र नेपालीको नाममा दर्ता कायम कायम रहेको जग्गा कित्ता ३३ समेत जफत गर्न मागदाबी गरिएको छ ।

नेपालीकी पत्नी एवं प्रतिवादी छेला नेपालीलाई बिगो ६ करोड ९८ लाख ८० हजार रुपैयाँ र उनको गाउँमा विभिन्न स्थानमा रहेको १७ कित्ता जग्गा जफतको मागदाबीसहित कैद र जरिवानासमेतको मागदाबी गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इमेज सहकारीमा आबद्ध चित्रबहादुर भण्डारी, लालमती रोका, शक्ति किसान, डोरबहादुर परियार, सुनील नेपाली, लक्ष्मी सेन सुनार, रूपा विक, झगबहादुर शाही, अनिता बुढामगर, सुरेन्द्र बोहरा, सजिता थापा, पुष्पा पाठक खत्री, दीपक पौडेल र सन्तोष नेपालीले समेत वारदातमा संलग्न मुख्य अभियुक्त देवकुमार नेपालीलाई सम्पत्ति शुद्धीकरणको कसुर गर्न गराउन सहयोग र सहजीकरण गरी मतियारको भूमिका खेलेर कसुरजन्य काम गरेको भन्दै रिटमा उनीहरूलाई पनि सम्पत्ति शुद्धीकरण ऐनबमोजिम अभियुक्त नेपालीलाई हुने सजायको आधा माग दाबी गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?