National life

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा हिमालय रि–इन्स्युरेन्समा छापा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०२ वैशाख २०८३, बुधबार
1KShares
दीपक भट्ट र सुलभ अग्रवालको घर तथा हिमालय रि–इन्स्युरेन्समा छापा
ncell

काठमाडौँ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएका सुलभ अग्रवाल र दीपक भट्टका घर र हिमालयन रि–इन्स्युरेन्सको कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिनका क्रममा छापा मारेको छ।

अग्रवाल शंकर समूहअन्तर्गत पर्ने जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख कार्यकारीका रूपमा चिनिन्छन्।

उनीहरूविरुद्ध सत्तामा रहेका राजनीतिक दलका प्रभावशाली व्यक्तित्व, सार्वजनिक पदाधिकारी तथा कर्मचारीसँग मिलेमतो गरी ठूला सार्वजनिक खरिदका ठेक्का प्राप्त गर्ने, जलविद्युत् आयोजना तथा बैंक–बीमा क्षेत्रका लाइसेन्स हासिल गर्ने र वार्षिक बजेटमा करका दरहरूमा हेरफेर गराउनेजस्ता शंकास्पद गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २१ गते पक्राउ गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इन्फिनिटी होल्डिङ्स र शंकर समूहबीच भएको शंकास्पद आर्थिक कारोबारमाथि अनुसन्धान सुरु भएपछि प्रारम्भमा शंकर अग्रवाल पक्राउ परेका थिए भने त्यसको केही दिनपछि सुलभ अग्रवाल पनि नियन्त्रणमा लिइएका हुन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?