काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई काठमाडौंबाट पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिएका छन्।
यसअघि अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखिसकेको थियो। विभागले गत सोमबार पत्रमार्फत उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तीव्र बन्दै गएपछि पक्राउको प्रक्रिया अघि बढाइएको हो।


































