National life

नेप्से पुनः घट्यो, ८० कम्पनीको सेयर मूल्य बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.5kShares
नेप्से पुनः घट्यो, ८० कम्पनीको सेयर मूल्य बढ्यो
ncell

काठमाडौं । सेयर बजारमा गिरावटको प्रवृत्ति कायम रहँदा बिहीबार पनि नेप्से परिसूचक घटेको छ। सो दिन सूचक १०.०७ अंकले ओरालो लाग्दै २७३०.१७ विन्दुमा झरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबारतर्फ भने सक्रियता देखिएको छ। कुल ७९ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब २८ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

आजको कारोबारमा ८० कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ, जसले बजारमा दबाब कायमै रहेको संकेत गर्छ।

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रह्यो, जहाँ ३७ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यसपछि साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जीमा उल्लेखनीय कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?