National life

नेप्सेमा दोहोरो अंकको वृद्धि,वाणिज्य बैंकको शेयर मूल्य सर्वाधिक बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ असार २०८२, बुधबार
791Shares
नेप्सेमा दोहोरो अंकको वृद्धि,वाणिज्य बैंकको शेयर मूल्य सर्वाधिक बढ्यो
ncell

काठमाडौँ । साताको चौथो दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २३.९९ अकंले बढेर २७०७.८५ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड ५८ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोडको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबारमा आएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। आज १९९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखियो भने ४९ वटाको मूल्य घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन।

https://aarthikvoice.com/archives/68032

यसदिन वाणिज्य बैंकको शेयर मूल्य सर्वाधिक बढेको छ । बैंक समूहको शेयर मूल्य १.९० प्रतिशतले बढेको हो । साथै, इन्भेष्टमेन्ट समूहको १.५० प्रतिशत, विकास बैंकको ०.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

https://youtu.be/mZWKx3-vfZ4?si=4q7DLEw-THiBwK-_

आज सबैभन्दा बढी कमाउनेमा वरुण हाइड्रोपावर रह्यो, जसको सेयर मूल्य ६.२१ प्रतिशतले बढ्यो। त्यसैगरी, सञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशत र एनआईसी एसिया बैंकको लगानीकर्ताले ३.९३ प्रतिशत कमाए।

कारोबार रकमको आधारमा राधी विद्युत् कम्पनी अग्रस्थानमा रह्यो, जसको ४६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी, बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

https://www.youtube.com/watch?v=P7U4DorPI9Q

 

 

यो समाचार शेयर गर्नुहोस्
791SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?