National life

पश्मिना व्यवसायी देखि करातेका खेलाडी समेत भएका इप्पानका अध्यक्ष कार्कीको यस्तो छ व्याबसाहिक यात्रा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
623Shares
पश्मिना व्यवसायी देखि करातेका खेलाडी समेत भएका इप्पानका अध्यक्ष कार्कीको यस्तो छ व्याबसाहिक यात्रा
ncell

काठमाडौं । भनिन्छ व्यक्तीको जीवनमा विभन्न आयामहरु जोडिएका हुन्छन् । त्यस्तै, भिन्न पाटाहरुको समिश्रणले नै जीवनको परिभाषालाई पूर्णता दिन्छ । आज हामीले एउटा यस्तो पात्र भेटेका छौ जसले जलविद्युत क्षेत्रमा आफ्नो उच्च पहिचान त बनाएकै छन् उनको जीवनको रोचक पक्ष पनि फेला परेको छ । त्यस्ता व्यक्ती स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्की हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्कीले आर्थिक भ्वाईससँग आफ्नो मिठो प्रेम अनुभव पनि साटेका छन् ।

भोजपुरबाट बसाईं आएका कार्कीको घर अहिले झापाको दमकस्थित कमर गाउँपालिका वडा नम्बर १ मा छ । उनको जन्म पनि सोही स्थानमा भएको थियो । तीन कक्षासम्म त्यहाँ अध्ययन गरेका उनले चार कक्षाबाट धेरै हिडेर पढ्न जानुपर्ने सुनाएका छन् । कार्कीलाई दुई घण्टा दैनिक हिड्नु पथ्र्यो ।

कार्कीले आर्थिक भ्वाईससँग भने,‘त्यति बेलामा कमै सँग साईकल हुन्थ्यो मैले किन्न पाएको थिए । आफूले भेट्न नपाए पनि अरुले चलाएर पनि लाने गर्थे । २०४२ सालमा काठमाडौं आएर पशुपति कलेजमा पढेको हो । एकजना राम लामा भन्ने करातेका गुरु साथी थिए । योगेश चालिंग पनि पूर्वमा नाम चलेकै व्यक्ती हो । उहाँहरुलाई अरुले निकै आदर गर्थे । यस्तो आदरको कारण उहाँ करातेको गुरु भएर रहेछ । मैले पनि आफूलाई करातेमा अभ्यस्त गराउँदै गए । बिस्तार सफल पनि हुँदै गए । स्कूलमा टिचर नआउँदा मैले पढाउँने पनि काम गरे । कराते खेल्दा पनि गलैचाको धागोको काम गर्थे । कतिपयले धागो किनेर मलाई बनाउँन लगाए । २०४५ सालमा मैले गलैचाको धागोको काम पनि गर्न थाले । आफैले धागो किनेर पनि काम गर्न थाले । धागोको डिमाण्ड पनि बढेको थियो । मैले धागोको साटो गलैचा कारखाना खोल्ने समेत निर्णय गरेको थिए । पुरानो बानेश्वर भिमसेन गोलामा तीन समय मजदूर राखेर पनि काम गराएका थियौ । त्यसमा आफूमा पुरा ज्ञान नभई काम गरेकाले ठूलो नोक्सान व्यहोर्नु पर्ने अवस्था सिर्जना भयो ।’

उनले त्यसको साथै पश्मिनाको व्यवसाय गरेको र त्यो व्यवसाय पनि खासै नफस्टाएको बताउँदै सन् २००० सालतिर चाईनिजहरु सम्बन्ध बिस्तार भएकाले आफू जलविद्युत क्षेत्रमा लागेको बताउँछन् । उनले हाइड्रोको मेसिनबाट यो यात्रा सुरु भएको हो भन्दै आफै एमडी भएर सिउँरीखोला बनाएको, प्रोजेक्ट सक्किएपछि आफ्नो शेयरहरु बेचेर अहिले अनुभवहरु बढ्ने अवसर पाएको सुनाउँछन् । अहिले पनि ती प्रोजेक्टको बारेमा हेर्न मन लाग्ने तथा सामाजिक कामहरु पनि जोडिन उनलाई मन लाग्ने गर्छ । कार्कीले तीन वर्षमा हुने करातेका खेल खेल्ने अवसर पाएको सुनाउँदै राष्ट्रिय रेफ्रि पनि बनेका थिए भने अहिले पनि एउटा संघमा अध्यक्ष तथा कराते फेडरेसनको बोर्डमा पनि प्रेसिडेन्टको रुपमा रहेका छन् ।

कार्कीले थपे,‘पहिले घर, जग्गा जोडे । म खेलडी भएर होला राष्ट्रको प्राथमिकता भएको क्षेत्रमा नै मेरो बढी रुची छ । मलाई पैसा कमाउँन मात्र रुची छैन । पहिले एक लाखमा किनेका जग्गा साथीहरुले अहिले एक करोड रुपैयाँको बनाईसक्नु भएको छ । मलाई राज्यले प्राथमिकता दिएको, आफू सन्तुष्ट हुने, समाजले पनि इज्जत गर्ने काम नै मन पर्छ । त्यसैले पनि होला मेरो यात्रा इप्पानमा अघि बढ्दै यहाँसम्म आईपुगेको छ । रिसर्चको लागि नेपालको वाणिज्य दूतको भूमिकामा पनि म छु । जलविद्युत बाहेक, टनेल खन्ने, पनेस्टक पाइपको, साथीहरु भएको ठाउँमा बसौ भन्दा अस्पताल लगायतमा मेरो शेयर रहेको छ । अन्त लीड गरेको भन्दा पनि सहभागीता चाही छ ।’

पचासभन्दा बढी देशमा घुमघाम

स्कुल कलेज पढ्दा सामान्य जीवन बिताएका उनको बाँकी जीवनमा बिवाहले प्राथमिकता बदलेको छ । जीवनले केही यू टर्न लिए जस्तो लाग्छ भन्दै कार्मीले श्रीमतीले चाईनामा पढेकोले पनि त्यसको प्रभाव आफूमा माथि रहेको र कोरोना महामारीले चाइनिजसँग काम गर्न असहजता ल्याएको अनुभव सुनाए ।

उनले हाल आफ्नो छोराले अमेरिकाको कर्नेल विश्वविद्यालयमा स्नात्तकोतर अध्ययन गर्न गएको र छोरा फर्किएर आएपछि आफूलाई उनले सघाउँन पनि सोच्न थालेको बताए । आफ्नी श्रीमतीले एकुपन्चर पढेकाले आफू बिरामीको रुपमा अस्पताल जाँदा नै बिस्तारै विवाह गर्ने निर्णय भएको बताए । त्यति बेलामा उनी एउटा बिरामीको रुपमा अस्पताल गएका थिए ।

आफ्नो परिवारहरु किसान परिवारको भए पनि केही विग्गा जग्गा भए पनि साइकल, मोटर साइकल र गाडी चढ्दा झापा जिल्लामा छुट्टै पहिचान पनि स्थापित भएको थियो । सबैभन्दा ठूलो कुरा एउटा मन पनि रहेछ भन्दै उनले धरानमा पढ्ने गाउँमा जाँदा लुकेर गएर अर्कोले काम गरेको पनि हेरेको सुनाए । उनका धेरै साथीहरुले हलो जोतेको भए पनि आफूहरुले त्यस्तो काम गर्नु नपरेको स्मरण गर्दै उनले आफूहरुलाई धेरै माया गरेर पनि होला अहिले पनि अभिभावकहरुले केही भन्नु भयो भने तुरुन्तै काम पूरा गर्न मन लाग्ने सुनाए । बटु लामिछाने भन्ने साथीले मेसिन माग्दा आफूले चाइनिज चिनाईदिएको भन्दै बिस्तार बिस्तारै आफू जलविद्युत व्यवसायमा लागेको खुलाएका छन् । सन् २००० देखिको सम्बन्ध अहिलेसम्म टिकेको उनले सुनाए ।

कार्कीले भने,‘म अहिले पनि अरुलाई व्यापार नै गर्नु पर्छ भन्ने सन्देश दिन्छु । मैले मेरो छोराले आफ्नै कम्पनी हेरोस भन्ने चाहे पनि उसले प्लस टु सकेर स्कूलको क्यान्टिनमा टिफिन बेच्ने रेस्टुरेष्ट समेत खोलेको थियो । त्यसमा मेरो धेरै सर्पोट थिएन । उसले धेरै मेम्बर बनाएर मासिक दुई,तीन लाख नाफा आर्जन गरेको थियो । त्यहाँ उसका साथीहरुलाई मैले पठाउँदा उनीहरुले पनि त्यसरी नै व्यवसाय गर्नुपर्ने सल्लाह लिएका थिए । धेरै हाईफाई गर्नु पर्दैन । साना खुद्रा काममा लगानी कम लाग्ने र पैसा राम्रै कमाई हुने व्यवसाय पनि रहेछ । त्यसरी स्वरोजगरको सिर्जना हुन्छ । दुईजना बसेर कपाल काट्न थाले पनि हुन्छ । मलाई त त्यस्तो लाग्न थालेको छ । बाहिर जाने भन्ने अहिले चलन नै बनेको छ । गाउँमा धेरैले तल्ला थपेका छन् । हामीले तल्ला थप्ने भन्दा पनि रोजगारी सिर्जना गर्ने उद्यमीको बाटो पनि कतै राखौ भन्ने मेरो चाही भनाई हो । यसमा सरकार पनि गम्भिर हुनुपर्छ । विकासको काममा सबैले ध्यान दिनुपर्छ । नेपालमा हाइड्रो टुरिजमको पनि निकै ठूलो सम्भावना छ । कुलेखानीमै अहिले धेरै जना जाने गर्नु भएको छ ।’

उनलाई सिनेमामा पनि रुची छ । एक्सन मुमी र लभ स्टोरीमा विउनको शेष रस रहेको छ । आफूलाई कराते खेल्दा हात दुख्ने, बाइकल चलाउँन समेत सकस हुने बेलामा भेट भएको अकुपच्परिष्टसँग आफ्नो विवाह भएका कार्कीले विवाहकै कारण चाइना र पश्मिना व्यवसायमा जोडिएको दोहोर्याएका छन् ।

यूवालाई सुझाव

कार्कीले आम यूवाहरुलाई सम्बोधन गर्दै सझुाव समेत दिएका छन् । कार्कीका अनुसार एउटा त राज्यले पनि सहजिकरण गर्नुपर्छ , अहिले नेपालमा केही पनि छैन भन्ने बढदै गएको छ । यो साधारण नागरिकबाट व्यापरिले पनि भनेको अवस्था छ । अर्को भनेको भारतबाट लेबर ल्याउँनु पर्ने अवस्था आएको छ । त्यसमा राज्य साच्चै नीतिगत रुपमा उदार हुनु जरुरी छ भने साना साना कुरामा ठूला सम्भावना रहेको कुरा पनि यूवा पुस्ताले हेर्नु पर्ने उनी बताउँछन् । हामीले कामलाई इज्जजत गर्नुपर्छ भन्दै उनले विदेशमा पेट्रोल पप्प, डिमार्टमेन्टल स्टोरको, रंग लगाउँने कामलाई पनि इज्जत गरिन्छ भएकाले नेपालमै त्यो काम गर्न, त्यसलाई इज्जत गर्ने वाताबरण सिर्र्जना गर्नु पर्ने उनको सुझाव छ । त्यस्नै, नेपाल पनि विकास हुन्थ्यो भन्ने कुरा जोड्दै अध्यक्ष कार्कीले नेपालमा धारा बनाउँन, कपाल काट्न, तरकारी बेच्न भारतबाट नागरिक आउँनु पर्ने अवस्था भन्दा यहीबाट हामीले पनि केही गर्न सुरु गर्नु पर्नेमा जोड दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?