काठमाडौँ। राजावादीको आन्दोलनको क्रममा तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ।
आगलागी भइरहेको भवनको छतमा चढेर टेलिभिजनका लागि दृश्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटना लगत्तै रजक सम्पर्कविहीन भएका थिए।
एभिन्युज टेलिभिजन कार्यक्रम प्रस्तोता विक्रम श्रेष्ठका अनुसार ‘रिपोर्टिङमा गएका रजकको लामो समयसम्म सम्पर्क हुन नसकेपछि अन्ततः उक्त स्थानमा पुरै शरीर जलेको अवस्थामा भेटिएको जानकारी गराएका छन् ।
उनीसँगै सोही स्थानमा रहेका एभिन्युज टेलिभिजनका अर्का पत्रकारले घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदा समेत उद्धार नहुदाँ साथीको ज्यान गएको जनाएका छन् ।
































