National life

पत्रकार सुरेश रजकलाई सहीद घोषणादेखि प्रेस सेन्टर नेपालको १७ बुदेँ घोषणपत्र जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० चैत २०८१, बुधबार
419Shares
पत्रकार सुरेश रजकलाई सहीद घोषणादेखि प्रेस सेन्टर नेपालको १७ बुदेँ घोषणपत्र जारी
ncell

काठमाडौं । राजाबादीको आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकलाई सहीद घोषणादेखि विभिन्न माग सहित १७ बुदेँ घोषणापत्र जारी गरेको छ । संगठनको भर्खरै मात्रै सम्पन्न पाचौँ महाधिवेशनले काठमाडौँ घोषणा पत्र–२०८१ जारी गर्दै विभिन्न माग अघि सारेको हो ।

संगठनले समाचार संकलनका क्रममा कथित राजवादी समूहबाट हत्या गरिएका एभिन्यूज टेलिभिजनका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । संगठनले जारी गरेको काठमाडौं घोषणापत्रको बुदाँ नम्बर ४ मा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि सरकारको गम्भीर ध्यानाकर्षण गर्दै २०८१ चैत १५ गते काठमाडौ तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न, परिवारलाई उचित राहतसहितका न्याय दिन र घटनाका दोषीलाई हदैसम्मको कानुनी कारवाहीको माग गर्दछ ।’

Royal Enfield
nic asia capital

साथै संगठनले राजाबादीले आन्दोलनका क्रममा विभिन्न सञ्चारमाध्यमका कार्यालयमाथीको आक्रमण, सवारीसाधन तोडफोड, भौतिक आक्रमणको निन्दा गर्दै सञ्चारकर्मीको सुरक्षका लागि सरकारको ध्यानाकर्षण गराएको छ । घोषणापत्रमा भनिएको छ, ‘कथित राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा कान्तिपुर टेलिभिजन, अन्नपूर्ण दैनिकको कार्यालय माथिको आक्रमण, विभिन्न सञ्चार गृहका सवारी साधन तोडफोड, विभिन्न सञ्चारकर्मी माथि भौतिक आक्रमण, सञ्चार सामाग्री तोडफोडको घोर निन्दा गर्दै सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउँदछ । साथै, संविधान प्रदत्त पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र पालना गर्न सबै पक्षसँग आग्रह गर्दछ ।’

संगठनले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न सरोकारवाला निकायसँग माग गरेको छ भने सरकारी निकायबाट प्रदान गरिने पत्रकार वृत्तिविकास अनुदान, सञ्चार उपकरण अनुदान, पुरस्कार तथा सम्मान पारदर्शी, समावेशी बनाइनुपर्ने र त्यसको सूचना समयमै सबैले प्राप्त गर्न मिल्नेगरी प्रवाह गर्न माग गरेको छ ।

सेन्टरले महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत वर्गले सञ्चालन गरेका साना लगानीका मिडियालाई विशेष प्रोत्साहन गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै सञ्चारलगायत सबै क्षेत्रमा महिलाको सहभागिता कम्तिमा ३३ प्रतिशत सुनिश्चित गर्न राष्ट्रिय महाधिवेशनले माग गरेको छ ।

साथै देशभरका श्रमजीवी पत्रकारका लागि सामाजिक सुरक्षा कोष, दुर्घटना बिमा, स्वास्थ्य बिमा अनिवार्य रूपमा लागू गर्न तथा देशभरका अस्पतालमा पत्रकार तथा उनका परिवारका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि राष्ट्रिय महाधिवेशनमार्फत माग गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
419SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?