National life

भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित, यात्रु पर्खिनेकी फर्किनेको अन्योलमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ कात्तिक २०८१, सोमबार
598Shares
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित, यात्रु पर्खिनेकी फर्किनेको अन्योलमा
ncell

काठमाडौँ। प्रतिकूल मौसमको कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न ठाउँमा जाने विमानस्थलको उडान प्रभावित बनेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवाँलोका कारण हवाई उडान हुन सकेको छैन। “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।

काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स ९आइएफआर० उडान मात्र भइरहेको छ। मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुन सकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका छन् ।

काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?