National life

मौषम प्रतिकूलताको कारण हवाई उडान प्रभावित, एयर चाइनाको उडान ‘डाइभर्ट’ काठमाडौं पोखरा ठप्प

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
584Shares
मौषम प्रतिकूलताको कारण हवाई उडान प्रभावित, एयर चाइनाको उडान ‘डाइभर्ट’ काठमाडौं पोखरा ठप्प
ncell

काठमाडौँ । बिहानैदेखि निरन्तर परेको झरीको कारण मौषम प्रतिकूल हुँदा मुलुकको हवाई उडानमा सामान्य प्रभाव परेको छ ।

निरन्तर वर्षाको कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिकूल मौषमका कारण अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडानमा समेत ‘डिले’ भएका छन् । प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ पोखरा, भरतपुर र सिमारा विमानस्थल  बन्द रहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आन्तरिकतर्फ पनि इन्ट्रयुमेन्ट फ्लाइट रुल्स ९आइएफआर० उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ ।

पोखरा विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा काठमाडौँ–पोखरा कुनै पनि उडान हुन नसकेको विमानस्थलले जानकारी दिएको छ ।  पोखरा–काठमाडौँ मात्र दुई उडान भएको छ । मौसमका कारण भरतपुर, पोखरा र नेपालगञ्जको क्षेत्रीय उडान समेत प्रभावित भएको छ । त्यस्तै काठमाडौंबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले हाल देशभर आंशिक देखि साधरणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?