National life

विश्वका धेरै देशहरू अहिले असुरक्षित र त्रासपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् : ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१२ चैत २०८२, बिहिबार
1.1kShares
विश्वका धेरै देशहरू अहिले असुरक्षित र त्रासपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् : ओली
ncell

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका धेरै देशहरू अहिले असुरक्षित र त्रासपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले वर्तमान विश्व परिस्थिति असामान्य बनेको उल्लेख गरे। उनका अनुसार विश्वमा भइरहेका घटनाक्रमलाई नियन्त्रण गर्न पर्याप्त र प्रभावकारी कदमहरू चालिएका छैनन्।

ओलीले विभिन्न राष्ट्रहरूको अस्तित्व नै चुनौतीमा परेको र धेरै देशहरू अस्थिर तथा भयग्रस्त वातावरणमा बाँच्न बाध्य भएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले विश्व शान्तिका लागि ठोस र विश्वासिलो पहलको अभाव रहेको पनि टिप्पणी गरे।

उनले हाल भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरू पर्याप्त प्रभावकारी नरहेको धारणा राख्दै, यस्तो अवस्थामा मानवता, न्याय, सत्य, प्रगति र शान्तिमा आधारित राजनीतिको आवश्यकता अझ बढेको बताए।

नेपालको सन्दर्भमा पनि अहिलेको राजनीतिक परिस्थिति सहज नभएको उल्लेख गर्दै उनले कठिनाइका बाबजुद अघि बढिरहेको बताए।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?