National life

विश्वका २६ देशमा टिकटक प्रतिबन्ध, कुन-कुन देशमा किन गरियो बन्द ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ कात्तिक २०८०, सोमबार
619Shares
विश्वका २६ देशमा टिकटक प्रतिबन्ध, कुन-कुन देशमा किन गरियो बन्द ?
ncell

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा यसबारे चर्को बहस शुरु भएको छ। सामाजिक सञ्जालमा टिकाटिप्पणी सुरु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले यस्ता निर्णय लिएका सरकार तथा राज्यहरूको सूची नै सञ्चार माध्यमहरूलाई उपलब्ध गराएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले उपलब्ध गराएको विवरणअनुसार, अमेरिका, बेलायत, न्युजिल्यान्ड, क्यानडा, ताइवान, बेल्जियमलगायत २७ देशमा टिकटक प्रतिबन्ध छ।

कुनकुन देशमा कहिले बन्द भयो टिकटक?

१) बेलायतः– सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध, सन् २०२३
२) अमेरिकाः– सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध, सन् २०२२
३) न्युजिल्यान्डः– जनरल कम्युनिटी सेक्युरिटी ब्युरोको सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसँग आबद्वता प्रतिबन्ध, सन् २०२३
४) क्यानडाः– गोपनियता र सुरक्षा जोखिम देखाउँदै सरकारी अधिकारीले प्रयोगमा प्रतिबन्ध, सन् २०२३
५) ताइवानः– राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै, सन् २०२२
६) बेल्जियमः– गोपनीयता, साइबर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउँदै, सन् २०२३
७) डेनमार्कः– साइबर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली तथा निकायमा प्रयोग प्रतिबन्ध, सन् २०२३
८) पाकिस्तानः– जातीय तथा धार्मिक द्वन्द्व फैलाउने सुरक्षा जोखिम देखाउँदै, सन् २०२०
९) अफगानिस्तानः– युवाहरूमा नकारात्मकता विकास हुने र जातीय तथा धार्मिक द्वन्द्व फैलिने जोखिम र इस्लामिक कानुनविपरीत जनाउँदै, सन् २०२२ मा टिकटक र पब्जी
१०) भारतः– गोपनीयता, सुरक्षा जोखिम र टिकटकको बाइट–डान्स टेक्नोलोजी जोखिम देखाउँदै टिकटकलगायत चिनियाँ अन्य एप प्रयोगमा प्रतिबन्ध, सन् २०२०
११) सोमालियाः– अफवाह फैलाउने जोखिम देखाउँदै सीमित कन्टेन्ट पोस्टबाहेक अन्य प्रतिबन्ध, सन् २०२३
१२) अर्मेनियाः– विगत ३५ वर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्धलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै, सन् २०२०
१३) अजरबैजानः– नागोर्नो कारबाख युद्धलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै, सन् २०२०
१४) बंगलादेशः– पोर्नोग्राफी, जुवाखेल र सुरक्षाको जोखिम देखाउँदै, सन् २०१८ र पब्जी तथा फ्रि फायर सन् २०२१
१५) इन्डोनेसियाः– धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउँदै, सन् २०१८
१६) इरानः धार्मिक कारण देखाउँदै, सन् २०२३
१७) जोर्डनः– प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउँदै अस्थायी रूपमा प्रतिबन्ध, सन् २०२२
१८) अस्ट्रियाः– गुप्तचर निकायको प्रतिवेदनका आधारमा सुरक्षा जोखिम देखाउँदै, सन् २०२३
१९) इस्टोनियाः– राष्ट्रिय सुरक्षा जोखिम देखाउँदै, सन् २०२३
२०) फ्रान्सः– तथ्यांक सुरक्षा जोखिम देखाउँदै टिकटक, ट्विटर, इन्टाग्राम, नेटफ्लिक्स, क्यान्डीक्रसलगायत एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाउने, सन् २०२३
२१) आयरल्यान्डः– साइबर सुरक्षा जोखिम देखाउँदै, सन् २०२३
२२) लाटभियाः– सुरक्षा जोखिम देखाउँदै, सन् २०२३
२३) माल्टाः– साइबर सुरक्षा जोखिम देखाउँदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिबन्ध, सन् २०२३
२४) नेदरल्यान्ड ः– तथ्यांक सुरक्षा जोखिमका कारण सरकारी कर्मचारीलाई प्रयोगमा प्रतिबन्ध, सन् २०२२
२५) नर्वेः– राष्ट्रिय सुरक्षा अधिकारीको प्रतिवेदन अनुसार प्रधानमन्त्री, मन्त्री, सचिव, राजनीतिक सल्लाहकारहरूलाई प्रयोगमा प्रतिबन्ध, सन् २०२३
२६) अस्ट्रेलियाः– सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री, सल्लाहकारले सरकारी डिभाइस र मोबाइलमा प्रयोग प्रतिबन्ध, सन् २०२३

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?