काठमाडौँ । गत साता २५८८.६२ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता साढे २ प्रतिशत बढेर बन्द भएको छ। , यस साता २.५४ प्रतिशत अर्थात् ६५.७३ अंक बढेर २६५४.३५ विन्दुमा पुगेको छ।
यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन नेप्से घटेको थियो। साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ११ अंकले घटेको छ। बुधवार बजार ५२ अंकले बढेको छ भने , त्यसअघि मंगलबार ५, सोमबार ६ र आइतबार १२ अंकले बढेको छ।
यो साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। गत बिहीबार ५ अर्ब ८८ करोडको कारोबार भएको थियो । आइतबार ६ अर्ब १२ करोड, सोमबार ६ अर्ब ४९ करोड र मंगलबार ६ अर्ब १३ करोडको रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बुधवार यो साताभरकै धेरै ८ अर्ब ७९ करोड रुपैयाँको सेयर किनबेच भयो भने हिजो बिहीबार ७ अर्ब ७३ करोडको कारोबार भएको छ । यस साता सेन्सेटिभ इण्डेक्स १०.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९१ अंक बढेको छ।
गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २८.८१ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २८.११ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २७.८८ प्रतिशत बढेको छ।
१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ९.४० प्रतिशत बढेको छ। गत साता १९०४.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १७९.०१ अंक घटेर २०८३.२९ विन्दुमा पुगेको छ।
यस साता नेप्सेमा १ करोड १० लाख २२ हजार ६५२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।


































