National life

सार्वजनिक पदाधिकारीमाथि निगरानी कडा, सम्पत्ति विवरणसँगै उजुरी अभियान सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.2kShares
सार्वजनिक पदाधिकारीमाथि निगरानी कडा, सम्पत्ति विवरणसँगै उजुरी अभियान सुरु
ncell

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध निगरानीलाई थप सशक्त बनाउँदै सम्पत्ति छानबिन आयोगले शंकास्पद सम्पत्तिबारे सूचना दिन सर्वसाधारणलाई आह्वान गरेको छ। आयोगले भ्रष्टाचार वा अन्य अवैध माध्यमबाट कमाइएका सम्पत्तिबारे जानकारी उपलब्ध गराउन सार्वजनिक अनुरोध गरेको हो।

आयोगले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक सम्पत्ति आर्जनबारे उजुरी गर्न सकिने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्ता सम्पत्ति सम्बन्धित व्यक्तिको नाम मात्र नभई परिवार वा अन्य व्यक्तिको नाममा लुकाइएको भए पनि जानकारी दिन सकिने व्यवस्था गरिएको छ।

आयोगका अनुसार नेपालभित्र मात्र नभई विदेशमा रहेका शंकास्पद सम्पत्तिबारे पनि सूचना, प्रमाण वा जानकारी उपलब्ध गराउन सकिनेछ। उजुरीकर्ताले सम्भव भएसम्म कार्यालयमै उपस्थित भएर विवरण दिन सक्नेछन् भने हुलाक वा इमेलमार्फत पनि सूचना पठाउन सकिने सुविधा रहेको छ।

उजुरी दिने व्यक्तिको नाम, ठेगाना र सम्पर्क विवरण अनिवार्य भए पनि ती विवरण पूर्ण रूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ।

आयोगले हालै सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको सन्दर्भमा यो उजुरी आह्वानलाई थप कडाइका रूपमा लिइएको छ। यस दायरामा उच्च राजनीतिक पदाधिकारीदेखि स्थानीय तहका जनप्रतिनिधि र सरकारी अधिकारीहरू समेत समेटिएका छन्।
















यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?