National life

६० किलो सुन प्रकरण : चार जना चिनियाँ नागरिक पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
653Shares
६० किलो सुन प्रकरण : चार जना चिनियाँ नागरिक पक्राउ
ncell

काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ महिला र एक पुरुष रहेका छन् ।

मंगलबार राति राजधानीका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजश्व छलि तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राजश्व अनुसन्धान विभागले ३ साउनमा सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर, मंगलबार गालेर जोख्दा ६० किलो मात्रै सुन भएको खुलेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?