National life

पर्यटक आगमनबाट हुने आम्दानी बढ्यो,आठ लाख बढी पर्यटक भित्रिए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०५ मंसिर २०८०, मङ्गलबार
678Shares
पर्यटक आगमनबाट हुने आम्दानी बढ्यो,आठ लाख बढी पर्यटक  भित्रिए
ncell

काठमाडौँ ।  कोभिडको समयदेखि सुस्ताएको पर्यटन व्यवसायमा बिस्तारै सुधार हुन थालेको छ ।  नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ जनवरीदेखि अक्टोबरसम्म आठ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

अक्टोबरमा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१९ को सोही अवधिमा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पछिल्लो पर्यटक आँकडा हेर्दा मुलुकको पर्यटन पुरानै लयमा फर्किएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताएका छन् । उनले पर्यटन क्षेत्रमा सकारात्मक बढोत्तरीले आगामी दिनमा यो क्षेत्रमा उत्साह थपिने विश्वास व्यक्त गरे ।

समग्रमा पर्यटन क्षेत्र सुधारोन्मुख छ । खड्किएको विषय भनेको गन्तव्य पुग्ने सडक बाटोको दुरावस्था, पदयात्रा क्षेत्रमा देखिएको बेथितिजन्य गतिविधिले पर्यटकको बसाई सन्तोषजनक बनाउन सकिएको छैन ।”टानका पूर्व अध्यक्ष नवराज दाहालले भने

पर्यटन व्यवसायी दाहालले आगामी दिनमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पूर्वाधार विकास, सडक स्तरोन्नति, नीतिगत सुधार, एक द्वार प्रणालीबाट सेवा प्रवाहजस्ता कामलाई प्राथमिकता दिन जरुरी भएको उल्लेख गरे ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा विदेशी पर्यटक आगमनबाट हुने आम्दानी बढेको छ । गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आम्दानी ५१ दशमलव तीन प्रतिशतले बढेर १७ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । ।

यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?