National life

पर्यटन प्रर्वद्धनका लागि ‘बुलेट राइडर’को समूह ढोरपाटनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
888Shares
पर्यटन प्रर्वद्धनका लागि ‘बुलेट राइडर’को समूह ढोरपाटनमा
ncell

गलकोट । पर्यटन पर्वद्धनका लागि काठमाडौँबाट ‘बुलेट राइडर’को समूह शनिबार साझा ढोरपाटन आएको छ । नेपालको आन्तरिक पर्यटन प्रर्वद्धन गर्दै आएको उक्त समूहले यसपटक ढोरपाटनलाई रोजेको हो । उनीहरुको यात्रा छ दिन लामो रहेको छ । चालिस बुलेट बाइकमा ४५ जना ढोरपाटन आएको ढोरपाटन नगरपालिकाका उपप्रमख कल्याण कायतले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले पर्यटकसँग सिधा सम्पर्क गर्न खोजेको बताउँदै ढोरपाटन भ्रमण रोजेकोमा बुलेटराइडरप्रति सामाजिक सञ्जालबाटसमेत आभार व्यक्त गरेका थिए । उनीहरु दुई दिन पहिले काठमाडौँदेखि हिँडेका थिए । बुलेट बाइकप्रेमीलाई ढोरपाटन ल्याउने योजनाअनुसार ढोरपाटन सिकार आरक्षसम्मको छदिने राइड सञ्चालन भएको हो ।

दसैँ बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने गरी बुलेट बाइक समावेश गरी छ दिने राइड सञ्चालन गरिएको आयोजक बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले जानकारी दिए । उनले शुक्रबारदेखि काठमाडौँबाट सुरु भएको यात्रा पोखरा हुँदै ढोरपाटन पुगेर कात्तिक १५ गते पुनःकाठमाडौँ फर्कने बताए ।

“धेरै पर्यटकले मुस्ताङलाई रोजेको पाइयो तर निकै सम्भावना भएरसमेत ओझेलमा परेजस्तो लाग्यो हामीलाई ढोरपाटन”, बुढाथोकीले भने, “यो वर्षको बुलेट राइड योजनामा ढोरपाटन पुग्ने योजनाका साथ आएका छौँ, हाम्रो मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन नै हो ।”

उनका अनुसार पहिलो दिन काठमाडौँदेखि पोखरा, दोस्रो दिन पोखरादेखि ढोरपाटन, तेस्रो दिन ढोरपाटन क्षेत्रको अवलोकन, चौथो दिन ढोरपाटनदेखि पोखरा, पाँचौँ दिन पोखरामा रिफ्रेसमेन्ट र छैटौँ दिन पोखरादेखि काठमाडौँ आई उक्त कार्यक्रम समाप्त हुनेछ । सञ्चालक बुढाथोकीले हरेक वर्ष नेपालका कम्तीमा पनि तीन पर्यटकीय क्षेत्रको बुलेट राइड आयोजना गर्दै आएका छन् । यसभन्दा अघिल्लो पटक भारतको सिक्किम ग्यान्टोसम्म राइड सञ्चालन गरिएको थियो । रासस

यो समाचार शेयर गर्नुहोस्
888SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?