National life
cg eloctronics

पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशीद्वारा पदभार ग्रहण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ भदौ २०८१, आइतबार
946Shares
पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशीद्वारा पदभार ग्रहण
muktinatha bikash bank

काठमाडौँ । नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपकराज जोशीले पद बहाली गरेका छन् । भदौ २० गते बोर्डको सीईओमा नियुक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन्।

जोशीले पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरूप काम गर्नुपर्ने र आफूले त्यसै अनुरूप बोर्डको कार्यकारी नेतृत्व गर्ने उनको भनाइ छ। पद बहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रम बोल्दै जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो,अर्कोतर्फ पर्यटन बोर्ड पीपीपीको मोडलको संस्था हो’ उनले भने, ‘यस आधारमा पनि निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको हुन्छ, त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडी लैजानु आजको आवश्यकता हो।’

आफ्नो कार्यकालमा पर्यटनको बजारीकरण, जनसम्पर्क विस्तार, अनुसन्धान तथा आन्तरिक जनशक्तिको वृत्ति विकास जस्ता कार्य प्राथमिकतामा रहने बताउँदै उनले सामूहिक कार्यबाट ती सबै काम गर्न सकिने बताए। सीईओ जोशीले आफूले कुनै पनि पूर्वाग्रह नराखी काम गर्ने बताउँदै नयाँ परिवेशमा नयाँ सोच र चिन्तनकासाथ काम गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।

everest bank

कर्मचारी युनियनको तर्फबाट स्वागत गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले लामो समयदेखि कर्मचारीको वृत्ति विकास रोकिएको बताउँदै नयाँ कार्यकारी प्रमुख जोशीबाट कर्मचारीका माग सम्बोधन हुने अपेक्षा गरिएको बताएका छन् ।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको मिति २०८१ भाद्र २० गते बसेको ३७९ औँ बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम दीपकराज जोशीलाई ४ वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
946SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?