काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।
बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको छ । जोशी खुला प्रतिस्पर्धामा सहभागी २० जना प्रतिस्पर्धीमध्येबाट सीईओ छनोट भएका हुन् ।
जोशीले सन् २०१५ देखि २०२० सम्म बोर्डको सीइओका रूपमा जिम्मेवारी सम्हालेका थिए । पर्यटन बोर्डको सीईओ छनौटका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छनौट समितिले गठन भएको थियो ।


































