National life

पौष महिनामा ८० हजार बराबर विदेशी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
874Shares
पौष महिनामा ८० हजार बराबर विदेशी पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?
ncell

काठमाडौँ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को पहिलो महिना जनवरीमा ८० हजार नजिक विदेशी पर्यटक नेपाल भित्रिएका छन्। बोर्डको तथ्याङ्क अनुसार जनवरीमा ७९ हजार ९९१ विदेशी पर्यटकले नेपाल भ्रमण आएका हुन्।

बोर्डको तथ्यांक अनुसार सन् २०२४ को जनवरीको तुलनामा यस वर्षका जनवरीमा पर्यटक आगमनमा सामान्य वृद्धि भएको हो । गत वर्षको जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२०२४ को जनवरीमा भारतबाट मात्रै २४ हजार १३९ पर्यटक भित्रिएकोमा यस वर्षको सोही महिनामा २० हजार ४८५ पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो सङ्ख्या गत वर्षको तुलनामा १५.१ प्रतिशतले कमी हो ।

त्यस्तै, चीनबाट भित्रिने पर्यटकको संख्यामा भने यो वर्ष सुधार देखिएको छ। यस वर्षको पहिलो महिनामा चीनबाट ८ हजार १९१ पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो गत वर्षको सोही अवधिको तुलनामा १२.७ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा ७ हजार २६७ जना चिनिया पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल आउने पर्यटकमध्येमा अमेरिकाबाट ८ हजार ६३, बङ्गलादेशबाट ५ हजार ४०६, अस्ट्रेलिया ४ हजार ३०१, दक्षिण कोरिया ३ हजार ७५६, थाइल्याण्ड ३ हजार २१९, जापान १ हजार ४७० र भुटान २ हजार ७६८ जना पर्यटक भित्रिएका छन्।

मार्च महिनामा सबैभन्दा बढी १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए भने जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो सङ्ख्या सबैभन्दा कम हो ।

अक्टोबरमा १ लाख २४ हजार ३९३, अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६ पर्यटक नेपाल आएका थिए । यसैगरी, डिसेम्बरमा ८९ हजार ७६५, नोभेम्बरमा १ लाख १४ हजार ५०१ आएका थिए ।

साथै, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
874SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?