National life

केन्द्रीय बैंकले साढे १८ अर्बको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ मंसिर २०८०, सोमबार
604Shares
केन्द्रीय बैंकले साढे १८ अर्बको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । जसमध्ये १४ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ४ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार (मंसिर २६ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केन्द्रीय बैंकले ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

यो ट्रेजरी फागुन २९ गते परिपक्व हुनेछ ।त्यस्तै, १८२ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न र ४ अर्बको नयाँ गरेर कुल ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ । साथै, एक वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ मंसिर गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ । लको बाँडफाँट हुने गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?