काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०२९८ नम्बरको हायस र नायरणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८९२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोक्किँदा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परि तीन पुरुष र एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने सबै जना हायसमा सवार यात्रुहरू हुन्। बसका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्र बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेमध्ये चार जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ भने २ जना सामान्य उपचार पछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।


































