National life
cg eloctronics

कार उत्पादन कम्पनी टेस्लाले १० प्रतिशत बढी कर्मचारी कटौती गर्दै 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
970Shares
कार उत्पादन कम्पनी टेस्लाले १० प्रतिशत बढी कर्मचारी कटौती गर्दै 
muktinatha bikash bank

काठमाडौं । अरबपति एलन मस्कको विद्युतीय कार उत्पादन कम्पनी टेस्लाले १० प्रतिशत बढी कर्मचारी कटौती गर्ने घोषणा गरेको छ।

बिक्रीमा निकै कमी आएको र विश्वका अरू कम्पनीसँग मूल्यको प्रतिस्पर्धाका कारण टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्न लागेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।  कर्मचारी कटौतीको निर्णय र अस्थिरताका कारण टेस्लाका वरिष्ठ उपाध्यक्ष ड्रबाग्लिनो, सार्वजनिक नीति तथा व्यवसाय विकासका उपाध्यक्ष रोहन पटेलले राजीनामा दिएको खबरमा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बजार मूल्यअनुसार विश्वको सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माता कम्पनी टेस्लामा गएको डिसेम्बरसम्म एक लाख ४० हजार पाँच सय जना कर्मचारी थिए। अब झण्डै १४ हजार जना कर्मचारी कटौतीको अन्तिम तयारी भइरहेको छ। कम्पनीले क्यालिफोर्निया र टेक्सासका केही कर्मचारीलाई पहिले नै बर्खास्तको बारेमा जानकारी पठाएको छ।

टेस्लाका सीईओ एलोन मस्कले लागत घटाउन र उत्पादकत्व बढाउनका लागि कर्मचारी कटौती गर्नुपरेको बताउनुभएको छ । यो निर्णय कठिन भए पनि अर्को विकल्प नभएको मस्कले जनाएका छन् ।

everest bank

पछिल्लो समय टेस्लाको शेयर मूल्य पनि घटिरहेको छ । मस्कले आउँदो वर्ष २५ हजार डलरको सस्तो कार उत्पादनको तयारी गरिरहेको अवस्थामा कर्मचारी कटौतीको निर्णयलाई महत्त्वका साथ हेरिएको छ । एजेन्सीको सहयोगमा

यो समाचार शेयर गर्नुहोस्
970SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?