National life

 टेस्लाको बढ्दो व्यापार भार कम गर्न डोनाल्ड ट्रम्पले टेस्लाको नयाँ कार किन्ने घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ फागुन २०८१, मङ्गलबार
915Shares
 टेस्लाको बढ्दो व्यापार भार कम गर्न डोनाल्ड ट्रम्पले टेस्लाको नयाँ कार किन्ने घोषणा
ncell

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाको नयाँ कार किन्ने घोषणा गरेका छन् । उक्त घोषणा पश्चात् राष्ट्रपति ट्रम्पले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इलन मस्कसँग भेटवार्ता समेत गरेका छन् ।

मस्कले बढ्दो राजनीतिक आलोचना र आर्थिक अवरोधहरूको सामना गरिरहेको बेला ट्रम्पले यो कदम चालेका हुन्। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा सोमबार राति पोस्ट गर्दै ट्रम्पले लेखे, 'एक सच्चा महान् अमेरिकी इलन मस्कको लागि विश्वास र समर्थन स्वरुप म भोलि बिहान एउटा ब्रान्ड न्यू टेस्ला किन्दै छु ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिकालाई फेरि महान् बनाउनका लागि मद्दत गर्न आफ्नो विशाल सीपलाई काममा लगाउँदा उनलाई किन सजाय दिने । '

जसमा ट्रम्पको राजनीतिक महत्वाकांक्षालाई आर्थिक रुपमा समर्थन गरेका र अहिले प्रशासनमा वरिष्ठ भूमिका खेलिरहेका मस्कले थ्यांक यू, प्रसिडेन्ट भन्दै जवाफ दिएका छन्। टेस्लाको सेयर भाउमा निरन्तर गिरावट र कार बिक्रीमा पनि कमी आउँदै गएपछि ट्रम्पले मस्कप्रति विश्वास र समर्थन जनाउन टेस्ला कार किन्ने घोषणा गरेका हुन् ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट रहेर राजनीतिमा होमिएका इलन मस्कको ुटेस्लाु कम्पनीलाई उनको राजनीतिक सहभागिताका कारण आर्थिक नोक्सानी हुन थालेको छ। टेस्लाको सेयर २०२५ मा ४५ प्रतिशतले झरेको छ। जनवरीपछि मस्कको व्यक्तिगत सम्पत्ति समेत १ खर्ब ३० अर्ब डलर भन्दा बढीले घटेको छ। गत नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि टेस्लाको सेयर र मस्कको व्यक्तिगत सम्पत्ति दुवै ह्वात्त बढेको थियो।

विश्वभरि टेस्लाको बिक्री घट्न थालेपछि टेस्ला कम्पनीको सेयरको भाउ सोमबार एकैदिनमा १५ प्रतिशतले घटेको छ।सोमबार टेस्लाको सेयरमा आश्चर्यजनक गिरावट आएको छ ।  टेस्लाको सेयर भाउमा सोमबार एकैदिन १५ प्रतिशत गिरावट आएको थियो । जुन विगत ४ वर्ष अर्थात सन् २०२० को सेप्टेम्बरयताकै सबैभन्दा ठूलो एन दिने गिरावट हो ।

टेस्लाको भाउ घट्नुमा राजनीतिक कारणदेखि इभी मार्केटमा देखिएको प्रतिस्पर्धा पनि रहेको छ । मस्कले ट्रम्पको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी ९डोज० मा बढी समय दिन थालेपछि टेस्लाको व्यवस्थापनप्रति लगानीकर्ता चिन्तित देखिएका छन् ।

अर्कोतिर टेस्ला कम्पनीको सबभन्दा महत्त्वपूर्ण मोडलको नयाँ डिजाइन निकाल्ने क्रममा आएका समस्याका कारण पनि टेस्लाको बिक्री घटेको मानिन्छ। तर यसको प्रमुख कारण उनले विपक्षीहरूलाई गालीगलौज गर्दै गरेको उग्र दक्षिणपन्थी राजनीति भएको विश्लेषकहरूको दाबी छ।

 

यो समाचार शेयर गर्नुहोस्
915SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?