National life

विलिङको बिंगो नेपालमा सार्वजनिक,एक पटकको चार्जमा ३३३ किलोमिटरसम्म गुड्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ जेठ २०८१, आइतबार
551Shares
विलिङको बिंगो नेपालमा सार्वजनिक,एक पटकको चार्जमा ३३३ किलोमिटरसम्म गुड्ने
ncell

काडमाडौं । प्यारामाउन्ट मोटर्सले विलिङको बिंगो मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । प्यारामाउन्ट मोटर्सले चिनियाँ लगानीको इन्डोनेसियाली ब्रान्ड विलिङको बिंगो नेपाली बजारमा बिक्री गर्ने भएको हो ।

कम्पनीले बिंगोको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । हचब्याग सेगमेन्टको बिंगोमा ३१.९ किलोवाट आवर ब्याट्री छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एक पटकको चार्जमा ३३३ किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ । यसको मोटर पावर ४९ किलोवाट छ भने गाडीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ।

उत्पादन भएको ६ महिनामै डेढ लाख गाडी बिक्री भइसकेको कम्पनीले बताएको छ ।

विङ्गोमा दुई वटा १० इन्चको स्कृन पाउन सकिन्छ । लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर रहेको छ । यसको ड्यासबोर्ड पनि सफ्टटच मेटेरियलबाट बनेको छ ।

पारामाउन्ट मोटर्सका अनुसार यसमा कम्पनीले ८ वर्ष वा १२० हजार किलोमिटर ब्याट्रीमा र ३ वर्ष वा १ लाख किलोमिटर मोटरमा वारेन्टी प्रदान गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?