National life

प्रतिकूल मौसमले हवाई उडान प्रभावित,पोखरामा अझैसम्म उडान हुन सकेन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
638Shares
प्रतिकूल मौसमले हवाई उडान प्रभावित,पोखरामा अझैसम्म उडान हुन सकेन
ncell

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित बनेको छ  । केही दिनदेखि परिरहेको बेमौसमी झरीको कारण आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारी अनुसार ‘भिजिबिलिटी’कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित बन्न पुगेको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारीm दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

झा का अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा ९होल्ड० भएका छन् ।  । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटर मात्रै भिजिबिलिटी रहेकामा अहिले तीन हजार माथि रहेको छ । “होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्”, प्रवक्ता झाले भने ।

आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको उनको भनाई छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?