National life

१६औं संस्करणको नाडा अटो शो २०२४ घोषणा, ७५ हजारको सहभागिता हुने अपेक्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
721Shares
१६औं संस्करणको नाडा अटो शो २०२४ घोषणा, ७५ हजारको सहभागिता हुने अपेक्षा
ncell

काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले १६औं संस्करणको नाडा अटो शो २०२४ घोषणा गरेको छ । आज बुधवार पत्रकार सम्मेलन मार्फत नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शोको आयोजना हुने लागेको जनाएको हो ।

यस वर्ष नाडा अटो शोमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन् । यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने र अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने आयोजकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नाडा अटो शो २०२४ मा साना ठूला गरी १३० वटा स्टल रहने र ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने भएको । प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्गे बान्डहरू, १२ हल्का व्यावसायिक र सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। साथै ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रूपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्ने आयोजकको दाबी छ ।

आगन्तुकहरूले अब खल्ती एपमार्फत अग्रिम रूपमा टिकट खरिद गर्न सक्नेछन् । सर्वसाधारणलाई २०० रुपैयाँ टिकट रहेको छ भने विद्यार्थीलाई १५० रुपैयाँ तोकिएको छ । नाडा अध्यक्ष करण चौधरीले सुस्ताएको अटो ब्यवसाय अटो सो मार्फत चलयमान हुने विश्वास ब्यक्ति गरेका छन् ।

आयोजकले यस वर्ष अटो शो मा करिब ७५ हजारको सहभागिता हुने अपेक्षा राखेको छ । सहभागि कुनै एक ब्यक्तिले जुम स्कुटर जित्ने सक्नेछन् ।

 

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?