National life

श्री एयरलाइन्सको काठमाण्डौं-भरतपुर उडान परीक्षण सम्पन्न, भाडा घट्ने विश्वास

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असार २०८१, बिहिबार
730Shares
श्री एयरलाइन्सको काठमाण्डौं-भरतपुर उडान परीक्षण सम्पन्न, भाडा घट्ने विश्वास
ncell

काठमाडौँ । आज भएको श्री एयरलाइन्सको काठमाण्डौं-भरतपुर उडान परीक्षण सम्पन्न भएको छ। श्री एयरलाइन्सको क्यू ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको हो ।

भरतपुर विमानस्थलमा क्यानाडा निर्मित अत्याधुनिक क्यु ४०० ड्यास ८ विमानबाट आज पहिलो पटक परीक्षण उडान सम्पन्न गरिएको एयरलाइन्सलेको भनाई छ ।

क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरूलाई कमध्वनी अनुभूति दिने र भरपर्दो क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावका पीडब्लू १५०ए इन्जिन जडित भएको विमान हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सिआरजे २०० तथा ७० सिट क्षमताको २ वटा सिआरजे ७०० जेट विमानहरूबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन सुरु गरी छोटो समयमा आन्तरिक हवाई सेवामा उत्कृष्ट सेवा प्रदायक हुन सफलता प्राप्त गरेको एयरलाइन्सले जनाएको छ।

श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो । अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् । श्री एयरलाइन्सले नियमित रूपमा भरतपुरमा उडान भरेमा हवाई भाडा घट्ने विश्वास लिइएको छ । परीक्षण उडानपश्चात् नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएपछि नियमित उडानहरू सञ्चालन गरिने एयरलाइन्सले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?