National life

श्री एयरलाइन्सको सबै जहाज ग्राउन्डेड

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
1.1kShares
श्री एयरलाइन्सको सबै जहाज ग्राउन्डेड
ncell

काठमाडौं । आइतबार श्री एयरलाइन्सका सम्पूर्ण जहाज ग्राउन्डेड हुने भएका छन् । शनिबार एयरलाइन्सको काठमाडौं–धनगढी उडानमा रहेको २२५ को जहाजमा केही प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको थियोे । लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पूर्ण जहाजको चेकजाँच गरेपछि मात्र नियमित उडान गर्ने निर्देशन दिएसँगै एयरलाइन्सले आज आफ्ना सम्पूर्ण जहाजहरुको परिक्षणका लागि उडान बन्द गरेको हो ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले आइतबारका लागि सम्पूर्ण उडान ग्राउन्डेड गरिएको जानकारी दिएका छन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमबारसम्म सबै प्राविधिक जाँच सकेपछि मात्र कम्पनीको जहाजको नियमित उडान हुने बताएका छन्।
शनिबार काठमाडौंबाट धनगढीका लागि ३ः३० बजे उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि अवतरण हुन नसकेर डेढ घण्टामा पुनः काठमाडौं नै फर्किएको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?