National life

१३ वर्षीय बालक फ्लाइटको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे, सुरक्षा अधिकारी अचम्मित

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
1.9kShares
१३ वर्षीय बालक फ्लाइटको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे, सुरक्षा अधिकारी अचम्मित
ncell

काठमाडौँ । एक १३ वर्षीय बालक अफगानिस्तानबाट भारत पुगेका छन् । विमानको ल्यान्डिङ गियरमा लुकेर यात्रा गरेको खुलासा भएको छ। आइतबारको घटनापछि बालकलाई सोधपुछ गरी तत्कालै अफगानिस्तान फिर्ता पठाइएको छ।

अफगानिस्तानको काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई एयरपोर्टबाट बिहान ८:०० मा उडान भरेको थियो र बिहान १०:४२ मा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टको टर्मिनल ३ मा अवतरण गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अवतरणपछि एयरलाइन कर्मचारीले विमान नजिक एक बालक घुमिरहेको देखेपछि सुरक्षा अधिकारीलाई जानकारी दिएका थिए। इन्दिरा गान्धी एयरपोर्टका सुरक्षा अधिकारीले बालकलाई हिरासतमा लिएर प्रहरीलाई सुम्पेका थिए।

बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण ल्यान्डिङ गियरमा बसेको बताएका छन्। उनी अफगानिस्तानको कुन्दुज शहरका हुन्। सुरक्षा अधिकारीहरूले विमानको पूरा जाँच गरेपछि सुरक्षित घोषणा गरेका थिए।

सुरक्षा विशेषज्ञका अनुसार विमानको ल्यान्डिङ गियरमा यात्रा गर्नु अत्यन्त खतरनाक छ। ३० हजार फिटको उचाइमा तापक्रम माइनस ४० देखि ६० डिग्री सेल्सियससम्म पुग्छ र अक्सिजन पनि कम हुन्छ, जसका कारण केही मिनेटमै बेहोस वा मृत्यु हुने सम्भावना हुन्छ।

यद्यपि यस घटनामा बालक जिउँदै भारतसम्म पुगेको कुरा सुरक्षा एजेन्सीका लागि अचम्मको विषय बनेको छ। विश्वव्यापी अध्ययनअनुसार ल्यान्डिङ कम्पार्टमेन्टमा लुकेर यात्रा गर्नेमध्ये केवल २० प्रतिशत मात्र जीवित बच्छन्।

यो घटना अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि नागरिकहरू विदेश पलायन प्रयाससँग तुलना गरिएको छ, जब २०२१ मा सैनिक विमानमा सवार हुन खोज्ने क्रममा केही नागरिकले ज्यान गुमाएका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?