National life

स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंककाे आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
629Shares
स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंककाे आग्रह
ncell

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ ।

उक्त बैंकबाट गरिएको करकट्टीको विवरण नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर (प्यान कार्ड) प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले ग्राहकहरुलाई बैंकको वेबसाइट www.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको ‘Pan Update’ मा ट्याब गरी स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्थायी लेखा नम्बर अद्यावधिक भएपछि करकट्टीको विवरण सोही नम्बरमा प्रविष्ट हुने भएकाले आयकरको प्रणलीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने हुँदा ग्राहकलाई करकट्टीको प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र बैंक धाउनपर्ने अवस्थाको समेत अन्त्य हुने कुरा सूचनामा उल्लेख गरिएको छ ।

साथै, यसअघि बैंकलाई स्थायी लेखा नम्बर उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बेंकको नजिकैको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?