काठमाडौं ।आइएमई लिमिटेडले आज आफ्नो २६ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ। स्थापना दिवसको अवसरमा कम्पनीले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकाय, ग्राहक, साझेदार संस्था, बैंक तथा वित्तीय संस्था, कर्मचारी तथा सम्पूर्ण नेपालीप्रति कृतज्ञता व्यक्त गरेको छ।
कम्पनीका अध्यक्ष Chandra Prasad Dhakal ले विश्वका विभिन्न मुलुकमा श्रम गरिरहेका लाखौँ नेपाली श्रमिकहरूप्रति विशेष सम्मान व्यक्त गर्दै उनीहरूले पठाउने विप्रेषणले नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएको बताए। उनले नेपालीहरूले आइएमईमाथि गरेको विश्वास नै संस्थाको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गरे।
उनले “रेमिट भनेकै आइएमई” भन्ने पहिचान स्थापित हुनु गौरवको विषय भएको बताउँदै विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउने, विदेशी मुद्रा सञ्चिति मजबुत बनाउने तथा त्यसलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न सरकारसँग सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष ढकालले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकारले थप नीतिगत तथा संरचनागत सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। विदेश जाने नेपालीलाई आवश्यक सीप तथा दक्षता प्रदान गर्न पनि उनले जोड दिए।
IME Group ले उद्योग, पर्यटन, बैंकिङ, जलविद्युत, पूर्वाधार तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको उल्लेख गर्दै ढकालले स्वदेशमै रोजगारी र उद्यमशीलता सिर्जना गर्ने प्रतिबद्धता दोहोर्याए।
स्थापना दिवसको अवसरमा आइएमईले आगामी दिनमा पनि वित्तीय समावेशीकरण, सुरक्षित विप्रेषण सेवा तथा राष्ट्रिय आर्थिक समृद्धिमा साझेदारका रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ।


































