National life

एनआईसी एशिया बैंकद्वारा ललितपुरस्थित श्री सातकन्या आधारभूत विद्यालयमा सहयोग

शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०३ असार २०८३, बुधबार
1.7kShares
एनआईसी एशिया बैंकद्वारा ललितपुरस्थित श्री सातकन्या आधारभूत विद्यालयमा सहयोग
ncell

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भट्टेडाँडा, ललितपुरस्थित श्री सातकन्या आधारभूत विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले विद्यार्थीहरुका लागि विद्यालय पोशाक प्रदान गरेको छ ।

हाल १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ ३ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द दाहाल र विद्यालयका प्रधानाध्यापक राम प्रसाद घिमिरेलाई संयुक्तरुपमा पोशाकहरु हस्तान्तरण गर्नुभयो ।

अरनिको एल्मुनाई एसोसियसन, खुमलटारले सहजकर्ताको भूमिका खेलेको उक्त कार्यक्रममा शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?