National life
cg eloctronics

एनआईसी एशिया बैंकद्वारा पर्वतस्थित देउपुर स्वास्थ्य चौकीलाई विभिन्न सामग्रीहरु सहयोग

कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारीहरु, बैंकका कर्मचारीहरु तथा स्थानीयहरुको उपस्थिति थियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ महिना अगाडि|२९ जेठ २०८३, शुक्रबार
1KShares
एनआईसी एशिया बैंकद्वारा पर्वतस्थित देउपुर स्वास्थ्य चौकीलाई विभिन्न सामग्रीहरु सहयोग
muktinatha bikash bank

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देउपुर, पर्वतस्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । स्थानीयस्तरका बिरामी तथा सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी तथा सहज होस् भन्ने हेतुले बैंकले स्वास्थ्य चौकीलाई ह्वीलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका सामग्रीहरु उपलब्ध गराएको छ ।

दैनिकरुपमा स्थानीय सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको यस स्वास्थ्य चौकीको लागि यस बैंकका चिफ मार्केटिङ्ग अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले मोदी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तथा उक्त स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री र उक्त स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई संयुक्त रुपमा मिति २०८३ ज्येष्ठ २८ गते एक कार्यक्रमका बीच उक्त उपकरण तथा सामग्रीहरु हस्तान्तरण गर्नुभयो । कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारीहरु, बैंकका कर्मचारीहरु तथा स्थानीयहरुको उपस्थिति थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले उपलब्ध गराएको उक्त सहयोगले उक्त स्वास्थ्य चौकीले उपलब्ध गराइरहेको स्वास्थ्य सेवा अझ प्रभावकारी भई स्थानीयस्तरमा स्वास्थ्य उपचार तथा सेवा लिइरहनुभएका सेवाग्राहीलाई स्वास्थ्य सेवामा अझ सहज हुने बैंकले विश्वास लिएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?