National life

असार मसान्तसम्म राष्ट्र बैंकको सम्पत्ति ३८ खर्ब ७४ अर्ब नाघ्यो, विदेशी सम्पत्तिमा उल्लेख्य वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|१५ साउन २०८३, शुक्रबार
1.3kShares
असार मसान्तसम्म राष्ट्र बैंकको सम्पत्ति ३८ खर्ब ७४ अर्ब नाघ्यो, विदेशी सम्पत्तिमा उल्लेख्य वृद्धि
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको मासिक (अस्थायी) वित्तीय विवरणअनुसार बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख रुपैयाँ रहेको थियो। यसरी एक वर्षको अवधिमा राष्ट्र बैंकको कुल वित्तीय आकार करिब १२ खर्ब रुपैयाँले विस्तार भएको देखिएको छ।

विवरणअनुसार राष्ट्र बैंकको विदेशी मुद्रा सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
असार मसान्तसम्म कुल विदेशी मुद्रा सम्पत्ति ३७ खर्ब ३० अर्ब २ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २५ खर्ब ६७ अर्ब ३२ करोड रुपैयाँ थियो।

विदेशी सम्पत्तिअन्तर्गत विदेशी बैंकमा रहेको म्यादी निक्षेप ६१ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने विदेशी धितोपत्रमा गरिएको लगानी २ खर्ब ६२ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। त्यसैगरी, सुन प्रमाणपत्रमा गरिएको लगानी २२ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकसँग रहेको नगद तथा विदेशी बैंकमा मौज्दातसमेत बढेर २५ अर्ब ३५ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

यसैबीच, राष्ट्र बैंकको सुन तथा चाँदीको मौज्दात पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्ष ५५ अर्ब ४१ करोड रुपैयाँ रहेको यस्तो सम्पत्ति चालु आर्थिक वर्षको असार मसान्तसम्म ९१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

स्थानीय मुद्रामा रहेको कुल सम्पत्ति १ खर्ब ४४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। यसअन्तर्गत सरकारी धितोपत्रमा ११ अर्ब ३२ करोड रुपैयाँ, बन्ड तथा म्यादी निक्षेपमा १३ अर्ब ९४ करोड रुपैयाँ र अन्य कर्जासम्बन्धी लगानीमा ११ अर्ब ४१ करोड रुपैयाँ रहेको छ।

दायित्वतर्फ चलनचल्तीमा रहेको नेपाली मुद्रा बढेर ८० अर्ब १६ करोड २८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम ७५ अर्ब ११ करोड २४ लाख रुपैयाँ थियो।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाको निक्षेप ३९ अर्ब २५ करोड रुपैयाँ तथा सरकारी निक्षेप १८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको रिजर्भ (जगेडा कोष) मा पनि उल्लेख्य वृद्धि भएको छ। असार मसान्तसम्म रिजर्भ १ खर्ब ८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६७ अर्ब १० करोड रुपैयाँ रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?