National life

आज माघे संक्रान्ति: बैंक वित्तीय संस्था र शेयर बजार बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ माघ २०८१, मङ्गलबार
616Shares
आज माघे संक्रान्ति: बैंक वित्तीय संस्था र शेयर बजार बन्द रहने
ncell

काठमाडौँ। आज माघे संक्रान्ति, मकर सङ्क्रान्ति वा माघी पर्वको अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यो पर्वलाई देशभर आ-आफ्नो संस्कार र संस्कृति अनुसार मनाउन लागिएको छ ।

माघे संक्रान्ति पर्व प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने गरिन्छ। माघे-मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्ड र तरुल खाई मनाइने प्रचलन छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो। आजदेखि तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व भएको मानिन्छ ।

ग्रन्थमा आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी पनि होइने उल्लेख छ। माघे सङ्क्रान्तिका दिन विशेष गरी वन तरुल, सखर खन्न९सुठुनी०, खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।

यो पर्वलाई माघ्यासेर्ल्हेस पनि भनिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई ,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

आज माघे सङ्क्रान्ति पर्वमा अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यसर्थ आज विद्यालय, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?