National life

एनआईसी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सहकार्य, ग्राहकलाई १५ % छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० चैत २०८२, मङ्गलबार
1.2kShares
एनआईसी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सहकार्य, ग्राहकलाई १५ % छुट
ncell

काठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था अन्तर्गत सञ्चालित स्तुपा कम्युनिटी हस्पिटलबीच विभिन्न सेवा–सुविधा प्रदान गर्ने विषयमा समझदारी भएको छ।

उक्त समझदारीपत्रमा बैंकका तर्फबाट सर्कल हेड (काठमाडौं नर्थ) सुदिन कुमार लामाज्यू र हस्पिटलका तर्फबाट निर्देशक डा। पेम्बा लामाज्यूले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा शेयरधनीहरूले बैंकको क्रेडिट कार्डसम्बन्धी सुविधा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

यसका साथै ग्राहकहरूको सहजताका लागि हस्पिटल परिसरमै एनआईसी एशिया बैंकको एटीएम सेवा सञ्चालन गर्ने सहमति पनि गरिएको छ।

बैंकले ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुरूप गरिएको यस सहकार्यबाट दुवै पक्षका सेवाग्राहीहरूलाई थप सुविधा र सहजता हुने विश्वास व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?