National life

खातावालालाई प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१८ चैत २०८२, बुधबार
1.8kShares
खातावालालाई प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
ncell

काठमाडौं। एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।

ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई प्यान अद्यावधिक गर्न आग्रह गरेको हो ।

खातावाला ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा ट्याप गरी आफ्नो प्यान यथाशी्र अद्यावधिक गर्न सक्ने पनि बैंकले जनाएको छ । साथै, ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको जनाएको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गरिनेछ ।

जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।

एक सूचना जारी गर्दै प्यान अद्यावधिक गर्न अनुरोध गरेको बैंकले यदी प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने समेत स्पष्ट पारेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?