National life

गरिमा म्युचुअलको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण’ सार्वजनिक निष्काशनमा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
1KShares
गरिमा म्युचुअलको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण’ सार्वजनिक निष्काशनमा
ncell

काठमाडौँ – गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई सार्वजनिक रूपमा निष्काशन हुने भएको छ।

योजना गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने गरी रु. १ अर्ब बराबरको यस योजना नेपालकै पहिलो खुलामुखी सार्वजनिक निष्काशन योजना हो।

प्रारम्भिक रुपमा रु ५० करोड बराबरको ५ करोड इकाई, प्रति इकाई रु १० को दरले बिक्रीको लागि सार्वजनिक निष्काशन गरिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि रु १ अर्ब २५ करोड बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ सफलतापूर्वक सञ्चालनमा रहेको छ। विशेषज्ञहरूका अनुसार नयाँ खुलामुखी योजनाले लगानीकर्तालाई सार्वजनिक रूपमा सहज पहुँच र पारदर्शिता प्रदान गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?