National life

थुनामा रहेका नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड बढी सहकारीको रकम

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ माघ २०८१, आइतबार
541Shares
थुनामा रहेका नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड बढी सहकारीको रकम
ncell

काठमाडौँ । बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको एक करोड रुपैयाँ भन्दा बढी रकम फिर्ता भएको छ।

सहकारीको ढोरपाटन र गलकोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्म बचत भएका बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु भएको हो ।

इमेज पीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेका अनुसार ढोरपाटनका ९२ र गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्ताले रकम बापतको चेक बुझेका  छन् ।  गलकोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउने गरी प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गएको पुस २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका छन् ।

बचतकर्ताको ठगिएको २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ । सहकारीका अध्यक्ष नेपाली भने पुर्पक्षका लागि अहिले थुनामा रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?