काठमाण्डौ । नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७९–८० का लागि लाभांश घोषणा गरेको छ ।
मंसिर ७ गते बिहान बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ६४४ औं बैठकले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो प्रस्ताव राष्टबैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
नवील बैंकको यो लाभांश इतिहासकै कमजोर लाभांश हो ।
सम्भवतः पहिलोपटक नवीलले बोनस सेयरबाहेक नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको छ ।
https://aarthikvoice.com/archives/15806


































