National life

नेपालमा एक वर्षमै ३० प्रतिशतले बढ्यो शंकास्पद वित्तीय कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|३० पुस २०८२, बुधबार
968Shares
नेपालमा एक वर्षमै ३० प्रतिशतले बढ्यो शंकास्पद वित्तीय कारोबार
ncell

काठमाडौं। नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि बढेको पाइएको छ। राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार, नेपालमा शङ्कास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको हो।

वित्तीय जानकारी इकाइले सञ्चालन गर्ने goAML प्रणालीमार्फत प्राप्त सूचनामा उल्लेखनीय वृद्धि भएको जनाइएको छ। गत आवमा मात्रै १ हजार ६३९ सूचक संस्था आबद्ध थिए भने चालु आवमा यो संख्या ३ हजार ४९७ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा ९,५६५ वटा शंकास्पद कारोबार वा गतिविधि प्रतिवेदन प्राप्त भएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो प्रतिवेदनको संख्या ७ हजार ३ सय ३८ मात्र रहेको थियो।

प्रतिवेदनको विश्लेषणपछि ८४५ वटा वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा पठाइएको छ, जसले वित्तीय अपराध पहिचान, अनुसन्धान र अभियोजनमा प्रत्यक्ष सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ।

वित्तीय जानकारी इकाइको प्रतिवेदन : [pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2026/01/FIU-Nepal-Annual-Report-2024-25-2081-82-1_compressed-1768305953.pdf"]

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
968SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?