National life

सुन–चाँदीको मूल्यमा उछाल, यस्तो छ आजको भाउ

आज सुन–चाँदीको मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
921Shares
सुन–चाँदीको मूल्यमा उछाल, यस्तो छ आजको भाउ
ncell

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने मूल्य बढेर ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यससँगै सुनको मूल्य पुनः ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमाभन्दा माथि पुगेको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १ सय ५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको छ ।

यसदिन सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?