काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो।
बिहीबार प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ।
बिहीबार प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ४ हजार ६ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ।






























