National life

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
1.2kShares
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, १० ग्राम सुनको मूल्य बिहीबार २ लाख ७५ हजार १ सय २० रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा १ हजार ३० रुपैयाँ कम हो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार १० रुपैयाँले घटेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?