National life

मञ्जुश्री र गोर्खाज फाइनान्सको नाफा सर्वाधिक : पाँच कम्पनीको ऋणात्मक, कसको कति नाफा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
742Shares
मञ्जुश्री र गोर्खाज फाइनान्सको नाफा सर्वाधिक : पाँच कम्पनीको ऋणात्मक, कसको कति नाफा ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा मञ्जुश्री फाइनान्सले १६ करोड २२ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ ।नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

नाफा सर्वाधिक कमाउने दोस्रो नम्बरमा गोर्खाज फाइनान्स रहेको छ । फाइनान्सले यस अवधिमा १३ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल १५ वटा फाइनान्स कम्पनी संचालनमा छन् । ती मध्ये धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने गोर्खाज फाइनान्स छ । समिक्षा अवधिमा कम्पनीले १३ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यता, तेस्रो स्थानमा रहेको आइसीएफसी फाइनान्सले ८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।

समिक्षा अवधिमा गुडविल फाइनान्सले ३ करोड ३ लाख, पोखरा फाइनान्सले २ करोड ७६ लाख, श्रीइन्भेष्टमेन्टले २ करोड ७० लाख, मल्टीपर्पसले २ करोड १ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, चालु आवको आठ महिनामा जानकी फाइनान्सले १ करोड ४८ लाख, नेपाल फाइनान्सले १ करोड ३६ लाख र बेष्ट फाइनान्सले ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

पाँच कम्पनीको ऋणात्मक

चालु आर्थिक वर्षको आठ महिनामा सर्वाधिक ऋणात्मक रहेको कम्पनीको प्रोगेसिभ फाइनान्स रहेको छ । कम्पनी यस अवधिमा ११ करोड ३ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

यता, गुहेश्वरी मर्चेन्ट ५ करोड ९१ लाख रुपैयाँ, समृद्धि फाइनान्स ४ करोड ६२ लाख रुपैयाँ, रिलायन्स फाइनान्स ४ करोड ३८ लाख रुपैयाँ र सेन्ट्रल फाइनान्स ४ करोड ७ लाख रुपैयाँ ऋणात्मक रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
742SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?