National life

सम्पदा लघुवित्तको १६ हजार ८६१ कित्ता संस्थापक सेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१२ माघ २०८२, सोमबार
1.1kShares
सम्पदा लघुवित्तको १६ हजार ८६१ कित्ता संस्थापक सेयर बिक्रीमा, कसले र कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहका केही सेयरधनीहरूको नाममा रहेको १६ हजार ८६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले उक्त सेयर आजदेखि बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ।

प्रचलित व्यवस्था अनुसार संस्थापक सेयर खरिदमा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिइने भएकाले उनीहरूका लागि मात्र सेयर बिक्री खुला गरिएको संस्थाले स्पष्ट पारेको छ। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर गाउँपालिका–१, डुम्रे, तनहुँमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता संख्या स्पष्ट उल्लेख गरी पेश गर्नुपर्नेछ। तोकिएको समयमाभित्र हाल कायम संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा प्रचलित कानुनी व्यवस्था बमोजिम संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई समेत सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?