National life

हिमालयन बैंकको ३१औं साधारण सभा सम्पन्न, अध्यक्षमा प्रचण्ड निर्वाचित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ पुस २०८०, आइतबार
629Shares
हिमालयन बैंकको ३१औं साधारण सभा सम्पन्न, अध्यक्षमा प्रचण्ड निर्वाचित
ncell

काठमाण्डौ । हिमालयन बैंकको ३१ औं साधारण सभा आइतबार सम्पन्न भएको छ । सभाले बैंक तथा यसका सहायक कम्पनीहरूसहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ ।

सभामामा अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको तथा तत्कालीन सिभिल क्यापिटल मार्केटलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

श्रेष्ठले बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष श्रेष्ठले बैंकको आव २०७९/०८० को अन्त्यसम्ममा प्राप्तिसहित २ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन र २ खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बताएका छन् । सभाले बैंकले आफ्नो कुल सेयर पूँजीमा आवश्यक सर्वसाधारण शेयरधनी शेयर अनुपात कायम गर्नका लागि अंकित मूल्यमा प्रिमियम थप गरी साधारण सेयर थप सार्वजनिक निष्कासन गर्ने तथा उक्त थप सार्वजनिक निष्कासनको सङ्ख्या निर्धारण गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

उक्त सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, आइतबार नै बसेको सञ्चालक समितिको बैठकले नवनियुक्त सञ्चालकहरू मध्ये प्रचण्ड बहादुर श्रेष्ठलाई सर्वसम्मत रूपमा आगामी चार वर्षका लागि कम्पनीको अध्यक्षमा नियुक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?