National life

औद्योगिक लगानी बढाउन बैंकिङ क्षेत्रलाई सक्रिय बनाउन मन्त्री यादवको आग्रह

उत्पादनमूलक उद्योगमा लगानी केन्द्रित गर्न उच्चस्तरीय छलफल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२७ जेठ २०८३, बुधबार
2.3kShares
औद्योगिक लगानी बढाउन बैंकिङ क्षेत्रलाई सक्रिय बनाउन मन्त्री यादवको आग्रह
ncell

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वाणिज्य तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग उत्पादनमूलक क्षेत्रतर्फ कर्जा प्रवाह विस्तार गर्ने विषयमा छलफल गरेकी छन् । मन्त्रालयले औद्योगिकीकरणमार्फत रोजगारी सिर्जना र आर्थिक वृद्धि प्रवर्द्धन गर्ने उद्देश्यसहित यो बैठक आयोजना गरेको हो ।

छलफलमा उत्पादनमूलक उद्योगका लागि सहुलियतपूर्ण कर्जा विस्तार, परियोजनाको सम्भाव्यता र लागत मूल्याङ्कनका आधारमा ऋण प्रवाह, तथा बैंकिङ प्रणालीमा रहेको निष्क्रिय तरलता उत्पादन क्षेत्रमा उपयोग गर्ने विषयमा विशेष जोड दिइएको थियो ।

मन्त्री यादवले उपभोग र व्यापारमुखी क्षेत्रभन्दा उत्पादनमूलक उद्योगमा लगानी बढाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले दीर्घकालीन औद्योगिक परियोजनाका लागि स्थिर र पूर्वानुमानयोग्य ब्याजदर नीति आवश्यक रहेको उल्लेख गरिन् ।

बैठकमा रुग्ण उद्योग पुनः सञ्चालनका लागि वित्तीय सहजीकरण, बैंक र लगानीकर्ताबीच जोखिम साझेदारीका नयाँ मोडेल विकास, कर्जा प्रक्रिया सरल बनाउने तथा जोखिम व्यवस्थापन सुदृढ गर्ने विषयमा पनि छलफल भएको थियो ।

त्यसैगरी स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रमा लगानी विस्तार, बैंकिङ पहुँच बाहिर रहेका व्यवसायलाई वित्तीय प्रणालीमा समेट्ने, उद्योग–बैंक संवाद संयन्त्र स्थापना गर्ने र कर्जा प्रवाहसम्बन्धी तथ्यांक व्यवस्थापन सुधार गर्ने विषयमा समेत विचार आदानप्रदान गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?